राप्रपाले उपनिर्वाचनलाई तय गर्‍यो उम्मेदवार

Bhugolpark

१९ चैत्र, २०७९,१५:१०

१९ चैत,काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन वटै क्षेत्रमा उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी पार्टीबाटै उम्मेदवार टुंगो लगाएको हो।

प्रवक्ता मोहन श्रेष्ठले तनहुँ १ मा शोभा गुरूङ र चितवन २ मा जीवलाल पुरी उम्मेदवार हुने बताए। साथै बारा २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ।



196 Views

Comments