सिंहदरबारको फोहोर उठाउन थालियो

Bhugolpark

१२ बैशाख, २०८०,१०:३४

काठमाडौं महानगरपालिकाले १५ दिनपछि सिंहदरबारको फोहोर उठाएको छ।

वैशाख १२,काठमाडौं।शुक्रबार सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर व्यवस्थापनको जिम्मा लिएको परिवर्तन नेपालका व्यवस्थापक मित्र घिमिरेलाई आज फोहोर उठाउन निर्देशन दिएका थिए। 

मेयर बालेनको निर्देशनपछि सिंहरदरबारको फोहोर उठाउन थालिएको घिमिरेले जानकारी दिए। 

'सिंहदरबारको फोहोर दिउँसोदेखि उठाउन थालेका हौं,' उनले भने, 'आज सिंहदरबारको मात्रै फोहोर उठाउने छौं। अन्य ठाउँको भोलिमात्रै उठाउँछौं।'

प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको फोहोर भोलि मात्रै उठ्ने उनले बताए। १५ दिनदेखि नउठाइएका कारण सिंहदरबारमा फोहोर धेरै जम्मा भएको उनले बताए। 

'धेरै दिनदेखि नउठेको कारण फोहोर धेरै छ,' उनले भने, 'झन्डै २५ टन फोहोर बञ्चरेडाँडा लग्नुपर्ने छ। आज राति आठ बजेसम्म सिंहदरबारको फोहोर उठ्ने छ।' 



355 Views

Comments