प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो

Bhugolpark

१६ जेष्ठ, २०८०,१२:०९

प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरी दिन १० दिनको समय

जेष्ठ १६, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान भएको छ । मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्रमा पनि प्रकाशन हुनेछ । कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले बैठकका निर्णय सुनाउँदै प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीको नाम संसदीय सुनुवाइको लागि समितिसमक्ष वैशाख २७ गते पत्र प्राप्त भएको भन्दै कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरूलाई वितरण गर्न सचिवालयलाई निर्देशन दिए ।

कामु प्रधानन्यायाधीश गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएका थिए । सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते संसद् सचिवालयलाई जानकारी गराइएको थियो ।

कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा का.मु.प्रधान न्यायाधीशको रूपमा कार्यरत छन् ।


276 Views

Comments