अदालतमा बालकृष्ण खाँणले भने मलाई सिध्याउन षड्यन्त्र भयो

Bhugolpark

१६ बैशाख, २०८१,१६:५४

२० जेठ काठमाडैँ। जिल्ला अदालतमा शुक्रबार गरेको बयानमा पूर्वगृहमन्त्री खाँणले पटकपटक ‘यो विषय मलाई जानकारी भएन, मलाई थाहा भएन, यसबारेमा मेरो जानकारी छैन’ भनेर सबैजसो सवालको इन्कार गरेका छन् ।

उनले छुट आफुलाई छुट भएका भुटानी शरणार्थीलाई तेस्रो देश पठाउन गृह मन्त्रालयबाट अघि बढाएको प्रक्रियाबारे पनि केहि थाहा नभएको भनी भनेका छन्।

उनको नाम अन्य आरोपितहरुले सम्म लिएको र उक्त कागज कागज पढेर सुनाउँदा समेत बारम्बार ‘मलाई कुनै जानकारी भएन’ भनी जवाफ दिएका छन् । गृह मन्त्रालयबाट भएको निर्णय, कागजात आदानप्रदान र प्रतिवेदनका बारेमा समेत खाँणले ‘मलाई थाहा भएन’ भनी जवाफ दिएका छन् । मन्त्रालयको कागजात नै फेरबदल गरेकोबारे उनले बयानमा भनेका छन्, ‘मलाई थाहा हुने कुरा भएन ।’

गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदन कीर्ते गरेको आरोपमा समेत उनले आफ्नो कुनै भूमिका नभएको भन्दै मन्त्रालयको प्रशासनिक जिम्मेवारी हेर्नेहरुलाई त्यसबारे थाहा हुने भनी तत्कालिन गृहसचिव टेकनारायण पाण्डेतिर संकेत गरेका थिए ।

उनले बयानमा भनेका छन्, ‘मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्न सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो । उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’ ।

नायब सुब्बा सुरेन्द्रराज दाहालको सरुवा वारे सोधिएको प्रश्नमा खाँणले आफूले दाहाललाई नचिनेको दाबी गरेका छन् । उनले नायब सुब्बा सरुवाको अधिकार तल्लो तहमा हुने भन्दै आफू संलग्न नभएको जिकिर गरेका छन् ।

उनले आफूले मोवाइलका सबै तथ्यांकहरु मेटाएको भने आरोपमात्र भएको वताएका छन्।

उनले अन्तिममा भने ‘मेरो राजनीति सिध्याउन रचिएको षड्यन्त्र हो । कुनै पनि कसुरमा मेरो संलग्नता छैन । म धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिन ।’


Comments