मुलुकभित्र सञ्चालनमा रहेका व्यापारका प्रकार र संलग्न मानिसहरूको संख्या

१५ बैशाख, २०८१,१०:१३

मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । थोक व्यापार गर्ने ६ दशमलव ४२, खुद्रा व्यापार गर्ने ३३ दशमलव ३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२ दशमलव ५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ ।

सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार ६ सय ४५ जना मानिस संलग्न छन् । सोमध्ये महिला ४ लाख ३ हजार ९ सय ६४ जना अर्थात् ३६ प्रतिशत र पुरुष ७ लाख २६ हजार ६ सय ८१ जना अर्थात् ६४ प्रतिशत रहेका छन् । दर्ता भएका ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४ दशमलव २ प्रतिशतमा पुरुष र २५ दशमलव ८ प्रतिशत महिलाको नाममा दर्ता छन् ।



180 Views

Comments