‘विस्तृत शान्ती सम्झौँता (टिआरसी) विधेक सत्ता पक्ष र प्रतिपक्ष मिलेर टुङ्गोमा पुर्याउँनुपर्छ’

५ जेष्ठ, २०८१,१५:३५

२९ चैत्र, काठमाडौँ । रास्वपाका नेता एवं समाजसेवी डा.प्रणय राणाले पीएच.डी. २०१६ मा केनेसा स्टेट युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनमा गरी २०१८ सम्म सहायक प्राध्यापकको रूपमा पढाउँनुभयो। उहाँ देश र जनताको सेवा गरी समाजलाई परिवर्तन गर्नका लागि देश विदेशबाट आर्जन गरेको विज्ञतालाई सांसद बनेर नीति निर्माण गर्न राजनीतिमा आएको बताउँनुहुन्छ ।

उनै सरल स्वभाव भएका द्वन्द्व व्यवस्थापन विज्ञ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. प्रणयशमशेर राणासँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंशको अन्तिम भाग :

तपाईले कति वर्ष नेपाली सेनामा जागिर खानुभयो र किन नेपाली सेनाको जागिरबाट अवकाश लिनुभयो ?

म २०५८ सालमा सैनिक महाविद्यालयबाट कक्षा १२ को पढाई सकेपछि नेपाली सेनाको जागिरमा भर्ती भएको थिए । माओवादी द्वन्द्वको समयमा म सेनाको १० नम्बर बाहिनी विशेष फौजमा थिए । अग्रपंतिमा खटेर मैले अर्घँखाँची रोल्पा जाजरकोट कपिलवस्तु नवलपरासीलगायत ठाउँमा भएको विभिन्न भिडन्तमा परेर भाग्यले बाँचे । हात र खुट्टामा लागेको छर्रा लामो समयसम्म मेरो शरिरमा नै भएकाले धेरै पीडा सहनु परेको थियो । एक नेपाली र अर्को नेपालीबीच भएको द्वन्द्व व्यवस्थापन गर्न लामो समय चाहिने र नेपालमा सो काम गर्न विज्ञको आवश्यक्ता देखेर सेनाको जागिर छोडेर अमेरिका अध्ययन गर्न गएको हो ।

मैले माओवादी द्वन्द्वमा २०६० सालदेखिको ४ वर्षेसहित गरेर नेपाली सेनामा जम्मा ७ वर्ष जागिर खाए ।

तपाईको विचारमा के नेपालका द्वन्द्व पीडितले न्याय पाएका होलान ? यदि छैन् भने कसरी विस्तृत शान्ती सम्झौँता (टिआरसी) टुङ्गोमा पुर्याउन सकिएला ?

माओवादी द्वन्द्वमा राज्य पक्ष र माओवादी पक्षका निर्दोष व्यक्तीहरू दुवैले अनाहकमा ज्यान गुमाएका छन् । म पनि द्वन्द्वमा नेपाली सेनाको अग्रपंतिमा खटिदा आफूबालबाल बचे पनि द्वन्द्वको पीडा बुझेको छु । दुवै पक्षहरूले मेरै आँखा अगाडि जीवन आहुँती दिएका छन् । उहाँहरूको चीर शान्तीको कामना गर्दै भावपूर्ण समवेदना व्यक्त गर्दछु । बीचैमा पढाइ छोडेर कलिलै उमेरमा माओवादी द्वन्द्वमा लागेकाहरू कैयौँले वीर गति पाए कौँयौँ अङ्ग भंग भएका छन् । उनीहरूले न पढाइ पूरा गर्न पाए नत राम्रो रोजगारी नै । उनीहरूको जीवन स्तर दयनीय छ । राज्यले उनीहरूको पीडा समयमा नै सम्बोधन गर्नुपर्छ ।

विस्तृत शान्ती सम्झौँता (टिआरसी) विधेक अहिले संसदमा विचाराधिन छ । त्यसलाई लामो समय लम्याउदा दुवै पक्षका पीडितमाथि अन्याय हुन जान्छ । दुवै पक्षलाई न्याय हुने गरी विस्तृत शान्ती सम्झौँता (टिआरसी) विधेकमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर टुङ्गोमा पुर्याउँनुपर्छ । मैले अमेरिकामा गरेको पीएचडी पनि अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनमा हो । यसको व्यवस्थापन गर्न लामो समय लाग्छ । राज्यले महसुस गरी मेरो राय लिन चाहेमा आफ्नो विज्ञता प्रस्तत गर्न सधै तम्तयार छु ।



187 Views

Comments