१५ दिन भित्र माग पूरा नभए सशक्त आन्दोलन गर्ने राष्ट्रिय संयुक्त संघर्ष समितिको चेतावनी

२२ बैशाख, २०८१,१२:०२

१० वैशाख, काठमाडौँ । १५ दिन भित्र माग पूरा नभए काठमाडौँ लगायत देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले चेतावनी दिएको छ ।

काठमाडौँमा आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालका संयोजक चन्द्रबहादुर थापाले आफूहरूका माग २३ वैशाखसम्म पूरा नगरे पेशा व्यवसायी तथा मजदुरहरूमाथिको शोषण अन्याय र अत्याचारको विरुद्ध कडा आन्दोलन गर्ने बताए ।

उनले राष्ट्र, अर्थतन्त्र, धर्म, संस्कृति र जनताको जीवनस्तर रक्षाका लागि ‘स्वदेशमा नै काम गरेर हान दे’ भन्ने मूल नारासहित आन्दोलनको घोषणा गर्नुपर्ने बताए । उनले सम्पूर्ण नागरिक गर वा मर भन्ने स्थितिमा रहेको भन्दै आफूहरूका माग २३ वैशाखसम्म पूरा नगरे काठमाडौँ लगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रहसहित आन्दोलन गर्ने बताए ।

राज्यले तोकेको मापदण्डभित्र रहेर नेपाली नागरिकले नेपाल भित्र गरेको कुनै पनि क्षेत्रको लगानीलाई राष्ट्रिय पूँजीको रुपमा घोषणा गरी तिनको रक्षा प्रवर्द्धन र विकासका लागि राज्यको तर्फबाट आवश्यक कानुनी व्यवस्था गर्न मागसमेत गरेका थिए ।

उनले बैंकिङ कर्जा व्याजदर अधिकतम ७ प्रतिशत हुनुपर्ने र कालोसूची वा लिलामी प्रक्रियामा गएकोलाई तत्कालै बन्द गरी न्यूनतम २ वर्षको अवधि थप गर्नुपर्ने जग्गा जमिन लिलामी गरेको भए पुनर्मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने माग अघि सारेको समेत प्रेस विज्ञप्तीमा जनाएका थिए ।



81 Views

Comments