प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन- २०८१

२ जेष्ठ, २०८१,२०:३३

इलाम उपनिर्वाचनः फाकफोकथुम-१, २,३,४ र ५को मतगणना सकियो

१६ वैशाख, इलाम । इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २,३,४  ५ र ६ को मतगणना गरिदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार २४९ प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ४६९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले एक ७०३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत प्राप्त गर्नुभएको छ । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा १ लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना

१६ वैशाख, चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले २६३८ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १९६२ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढाले १७१९ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ९७४ प्राप्त गर्नुभएको छ ।



103 Views

Comments