१८ असार,काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गरेको छ ।
कांग्रेस केन्द्रीय सुचना,सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यलय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।
फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्धाटन गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र बाबुराम भट्टराईले अवलोकन गरेका छन् ।
Comments