एनएनआईपीए स्पोर्टस अवार्ड चैतमा

Bhugolpark

१८ फाल्गुन, २०७९,१२:५६

फागुन१८,काठमाडौं ।भूगोल पार्कले देशविदेशका समयसामयिक विषयमा समाचार लिखिरहेको छ,आज भने  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १७ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड चैत १७ गते आयोजना गर्ने विषय लिएर आएका छौं ।

उदयमान खेलाडीहरूलाई हौसला प्रदान गर्नको लागि भन्दै एनएनआईपीएले बुधबार एक विज्ञप्ति निकाल्दै अवार्ड चैत १७ गते काठमाडौंमा आयोजना हुने जनाएको छ ।

अवार्डमा २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिने आयोजकले बताएको छ।

त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ ।

एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् ।

एकजना पाका खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।

एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ । पत्रकारीता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गर्नेछन् ।

एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ । सो सम्मान प्राप्त गर्नेले १५ हजार प्राप्त गर्नेछन् ।



466 Views

Comments