पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यसम्पादन

Bhugolpark

५ जेष्ठ, २०८१,१५:५९

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ?  भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) बनाउनुभएको थियो ।

असोज ४, काठमाडौँ । शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति तथा नेपालका निवर्तमान प्रधानमन्त्री हुन । उनको जन्म वि. सं. २००३ जेठ ३१ सालमा पिता श्रीप्रसाद देउवा र माता द्रौपदीदेवी देउवाका जेठा छोरा डडेल्धुराको असीग्राम गाविस–५ रुवाखोलामा भएको थियो । त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । उनी र उनकी श्रीमति आरजु राणा देउवा पनि संविधान सभा सभासद् थिए ।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घ (ने. वि. सङ्घ)का प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक सङ्घर्षका क्रममा उनले नौ वर्ष जेल जीवन बिताएका छन् ।

देउवा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा २०५२ भदौ २७ देखि २०५३ फागुन २९ सम्म, राजा ज्ञानेन्द्रले गिरिजाप्रसाद कोइरालालाई हटाएपछि दोस्रो पटक २०५८ साउन ११ देखि २०५९ असोज १८ सम्म, तेस्रो पटक २०६१ जेठ २१ देखि २०६१ माघ १९ सम्म, चौथो पटक २०७४ जेठ २४ देखि २०७४ फागुन ३ सम्म, पाँचौँ पटक २०७८ असार २८ देखि २०७९ पुस ९ सम्म देउवा प्रधानमन्त्री बनेका थिए। यसरी उनी पटक पटक गरी ५ पटक प्रधानमन्त्री बन्न सफल रहेका छन् ।

उनी २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएका हुन् । २०४८ सालदेखि उनी डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यसम्पादनको विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ? भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा १,९२३ भिवर्स रहेका थिए भने १८९ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको ७ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

भूगोल पार्कले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यसम्पादनमा संसदमा खेल्नुभएको भूमिका, माओवादीसँग मिलेर संघ र प्रदेशमा सरकार गठन, पछिल्लो पटकको शासनकाल, भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वभाव,शेरबहादुर देउवाले गरेको पार्टी सञ्चालन र कार्यसम्पादनका आधारमा मूल्याङ्कनका विषयमा संक्षिप्तमा चर्चापरिचर्चा गर्दै तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेका छौँ ।

संसदमा खेल्नुभएको भूमिका

आमनिर्वाचन २०७९ पछि पूर्व प्रधानमन्त्री देउपाको अदूरदर्शी निर्णयका कारण नेपाली कांग्रेसले केन्द्र र प्रदेशमा एकपछि अर्को गरी सबै प्रदेशमा सरकार गुमाउन पुग्यो ।

मंसिरमा सम्पन्न चुनावमा नेकपा माओवादीले कांग्रेससँग चुनावी तालमेल गरेको थियो । उक्त गठबन्धनमा सामेल एमालेबाट अलग भएको माधवकुमार नेपाल नेतृत्वको दलसहित कुल पाँच दलले चुनावी तालमेल गरेका थिए।

तर सरकार बनाउँने विषयमा कांग्रेस-माओवादीबीच सहमति हुन सकेन र तत्कालीन राट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको सिमा घडकिन केही घण्टा बाँकी रहेको बेलामा भूतपूर्व प्रधानमन्त्री ओलीले नै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

त्यपछि पुस १०, २०७९ मा माओवादीका पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्मा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा तेस्रो ठूलो दलबाट प्रधानमन्त्री बनेका थिए । तत्पश्चात माओवादी र एमालेबीच तालमेलले गर्दा कांग्रेसले केन्द्र र सातै प्रदेशमा सरकार गुमाएको थियो । केन्द्रमा प्रधानमन्त्री पाएको माओवादीले सभामुखमा एमालेका देवराज घिमिरे र उपसभामुखमा रास्वपाकी इन्दिरा राणालाई बनाउँन सघायो ।

तर माओवादी विस्तारै ओलीले अनावश्यक घेराबन्दी गरेको भन्दै शशंकित हुन पुग्यो र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादवलाई सघायो । त्यसपछि एमाले र माओवादीबीच दरार पैदा हुन पुग्यो।

नेकपा माओवादी केन्द्रका नेता गणेश शाहलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच प्याकेजमै भद्र सहमति भएको जस्तो लागेको छ । उनी भन्छन् “प्रचण्डले अढाई वर्षपछि नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने सञ्चारमाध्यममा आएका समाचार सही हुनसक्ने बताउँछन् ।”

हामीले यसै विषयमा पहिलो प्रश्न भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ? भनि सोधिएका थियौँ । जसमा १४.२९ प्रतिशतले सरकारको बचाउमा खेल्नुभएको भूमिका ठीक लाग्यो,१०.०५ प्रतिशतले संसदको गतिरोध अन्त्य गर्न भन्दै उहाँ, ओली र प्रचण्डबीच सहमति गरेको बेठीक लाग्यो, ४९.७४ प्रतिशतले नागरिकता विधेक र एमसीसी पास गर्न भूमिका निभाएकाले बेठीक लाग्यो, १५.३४ प्रतिशतले पार्टीका भ्रष्टचारी नेतालाई कारवाही गर्न सरकारलाई सघाएको ठीक लाग्यो र १०.५८ प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।

माओवादीसँग मिलेर संघ र प्रदेशमा सरकार गठन

जसरी पुस १०, २०७९ मा पूर्व प्रधानमन्त्री देउपाको अदूरदर्शी निर्णयका कारण नेपाली कांग्रेसले केन्द्र र प्रदेशमा एकपछि अर्को गरी सबै प्रदेशमा सरकार गुमाउन पुग्यो । ठीक त्यसैगरी पूर्व प्रधानमन्त्री ओलीको दम्भको कारण नेकपा (एमाले)ले संघ र प्रदेशमा एकपछि अर्को गरी सबै प्रदेशमा सरकार गुमाउन पुग्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई प्रक्रिया नपुर्याएर नै नागरिकता लिएको भन्दै पार्टी सभापति, सांसद पद र उपप्रधान तथा गृहमन्त्री सबै पद गुमेको फैसला सुनायो । जसले गर्दा प्रचण्ड सरकारसँग रवि र उनको पार्टीको चरम असन्तुष्टी बढ्न पुग्यो । रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय २२ माघ २०७९ मा गर्न पुग्यो । सो पाटीको निर्णयलाई शिरोपर गरी तत्पश्चात रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामूहिक राजिनामा दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट हटे पनि नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन कायमै राखेको थियो तर २२ बैशाख २०८० मा बसुन्धरास्थित केन्द्रीय कार्यालयमा केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गर्यो ।

२२ माघ २०७९ मा रास्वपा सरकारबाट बाहिरिए पनि एमाले भने सरकारमा नै थियो । तर सरकारमा बस्ने वा नबस्नेमा फागुन २५ को राष्ट्रपति निर्वाचनमा माओवादीको समर्थनलाई मुद्दा बनाइरहेको एमालेलाई प्रधानमन्त्री दाहालले आफ्नो दलबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएपछि १० दिनअगावै सरकार छोड्यो । राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएपछि पुस १० को गठबन्धन भत्केको भन्दै फागुन १३ मा नै राप्रपा सरकारबाट बाहिरिसकेको थियो । त्यसपछि एमालेले सम्हालिरहेका ८ र राप्रपाले सम्हालिरहेका ३ मन्त्रालय पनि प्रधानमन्त्री दाहाल आफैंले राखे ।

चैत १७ मा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी भयो । कांग्रेसकै कारण प्रधानमन्त्री दाहालले थप तीन पटक मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्‍यो । पहिलो चरणमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित ४ मन्त्री पठाएको कांग्रेसले थप ५ मन्त्रालयमा तीन किस्तामा मन्त्री पठायो ।

वैशाख ३ मा एनपी साउद परराष्ट्रमन्त्री, वैशाख २० मा धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री र वैशाख २४ मा सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भए ।

हामीले यसै विषयमा दोस्रो प्रश्न भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीसँग मिलेर संघ र प्रदेशमा सरकार बनाउन खेल्नुभएको भूमिका कस्तो लाग्यो ? भनि सोधिएका थियौँ । जसमा १३.७६ प्रतिशतले संघ र प्रदेश सरकार गुमाएको कांग्रेसलाई सरकारमा ल्याएकाले ठीक लाग्यो, २५.९३ प्रतिशतले ओलीको दम्भलाई परास्त गरेकाले ठीक लाग्यो, ३८.१ प्रतिशतले विदेशीको इसारा पुरा गरेकाले बेठीक लाग्यो, १६.४ प्रतिशतले एमाले र कांग्रेसको स्थाई सरकार नबनाएकाले बेठीक लाग्यो र ५.८२ प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो।

पछिल्लो पटकको शासनकाल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पटक पटक गरी पाँच पटक प्रधानमन्त्री भएका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटन असंवैधानिक ठहराउँदै संसद पुन : स्थापना गरी दियो र माओवादीसहित पाँच दलको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौं पटक प्रधानमन्त्रीका रुपमा राष्ट्रपति कहाँ दावी पेश गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पाँचौँ पटक प्रधानमन्त्रीका रुपमा २०७८ असार २८ नेपालको संविधानको धारा ७६ (५) अनुसार, राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन ।

पूर्व प्रधानमन्त्री देउवाले सरकारमा सहभागी नेकपा (माओवादी ), नेकपा (एस) लगायत सरकारमा सहभागी पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्दै वैशाख ३०,२०७९ मा स्थानीय निर्वाचन र मंसिर ४,२०७९ मा प्रतिनिधि सभा/ प्रदेश सभाको आम निर्वाचन सम्पन्न गराए । तर पहिलो दलको दम्भले प्रचण्डलाई प्रधानमन्त्री बनाएनन् र चतुर खेलाडी प्रचण्डले केही समय नेकपा एमालेको सहयोगमा सरकार बनाए । पछि नेकपा एमाले अध्यक्ष केपी ओलीसँग असन्तुष्टि बढ्यो र पुन : कांग्रेसीहरूकै सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्न पुगे ।

हामीले यसै विषयमा तेस्रो प्रश्न भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो पटकको शासनकाल कस्तो रह्यो ? भनि सोधिएका थियौँ । जसमा ४०.२१ प्रतिशतले उनको प्रधानमन्त्री कालमा भ्रष्टचार र बेथिती बढ्यो,२२.७५ प्रतिशतले उनको पालामा नातावाद र कृपावाद मौलायो, २२.७५ प्रतिशतले कौडिको भाउमा देशको उद्योगधन्दा बेचियो, ५.८२ प्रतिशतले अभूतपूर्व देश विकास भयो १.५९ प्रतिशतले देशमा विदेशी चलखेल बन्द भयो र ६.८८ प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो।

भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वभाव

भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वभाव आफूले बोलेको कुरा जसरी पनि पूरा गर्ने रहेको छ । उनको प्रधानमन्त्री कार्यकाल होस वा अन्य जुनसुकै बेला पनि छिमेकी देश होस वा तेस्रो देश कसैलाई पनि चिढाउने खालको अभिव्यक्ति दिएको पाइदैन ।

हामीले यसै विषयमा चौथो प्रश्न भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तपाईंलाईं कस्तो नेता लाग्छ ? भनि सोधिएका थियौँ । जसमा ८.९९ प्रतिशतले डाइनामिक नेता, १०.५८ प्रतिशतले अहिलेको अवस्थामा सबैं भन्दा राम्रो नेता, ५७.१४ प्रतिशतले भ्रष्ट नेता, र २३.२८ प्रतिशतले बोलेको कुरा नबुझीने नेता भनि अभिमत दिनुभएको थियो।

शेरबहादुर देउवाले गरेको पार्टी सञ्चालन

उनी नातावाद र चरम गुटबन्दी गरी पार्टी सभापति दुई पटक बनेका देखिन्छन् । आफू सरकारमा हुँदा होस वा पार्टी सभापति हुँदा संस्थापन इतरका कांग्रसकै नेता र महामन्त्रीद्वयले विरोध जनाउँदा पनि संघीय सरकार, प्रादेशिक सरकार एवं राजनीतिक नियुक्तिमा आफ्ना नातेदार वा गुटका नेता तथा कार्यकर्तालाई पठाउँने गर्छन् ।

हामीले यसै विषयमा पाँचौँ प्रश्न भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी एकलौटी ढङ्गले चलाए भन्ने संस्थापन इतरको भनाई कस्तो लाग्यो ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा ४१.८ प्रतिशतले कांग्रसकै नेता र महामन्त्रीद्वयले पनि बेलाबखत भन्ने गरेकाले ठीक लाग्यो, १३.२३ प्रतिशतले संस्थापन इतर पक्षको झुठो लाञ्छाना लाग्यो, ३७.०४ प्रतिशतले नेपालका सबै पार्टी अध्यक्षहरूले संस्थापन इतर पक्षलाई पेलेकै त हो र ७.९४ प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो।

विभिन्न कार्यक्रममा बोल्ने र गर्ने व्यवहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँग योगा गर्दा निदाएकाले देशकै अपमान हुन पुग्यो । उनले बेलाबखत विद्यार्थीहरूले जागिर खाना पढ्नु पर्ने तर नेपालका राजनेताहरू मन्त्री प्रधानमन्त्री हुन किन योग्यता तोक्नुहुन्न भन्दा यस्ता बकुम्फुसे कुरा नगर्नुस् भन्थे । तर उनको पालामा छिमेकी देशलगाएत तेस्रो देशको परराष्ट्रनीति भने सन्तुलन रहेको पाइन्छ ।

हामीले यसै विषयमा छैटौँ प्रश्न भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न कार्यक्रममा बोल्ने र गर्ने व्यवहार कस्तो लाग्छ ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा ३८.१ प्रतिशतले भारतीय प्रधानमन्त्रीसँग योगा गर्दा निदाएकाले देशकै अपमान भए झैँ लाग्छ, २५.४ प्रतिशतले कार्यक्रममा अस्पष्ट बोली र रुखो जवाफ दिने नेता झैँ लाग्छ १२.७ प्रतिशतले सन्तुलन परराष्ट्रनीति लिने र जे बोल्यो त्यो गर्ने नेता झैँ लाग्छ ६.८८ प्रतिशतले देश कै चतुर राजनेता झैँ लाग्छ र १६.९३ प्रतिशतले पहिलो दलले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाई सरकारमा गएकाले बेठीक लाग्छ भनि अभिमत दिनुभएको थियो।

कार्यसम्पादन

वि.सं. २०४८ सालदेखि लगातार संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी भएका देउपाले माओवादीहरूको टाउकोको मूल्य तोकेर दमन गरी शासन गर्ने हठ अन्ततोगत्वा उनलाई नै प्रत्युतपादक सिद्ध हुनपुग्यो । उनै देउपाले पहिलो दल भएर पनि माओवादी प्रचण्डलाई प्रधानमन्त्री पद सुम्पिए । उनको पालामा महाकाली सन्धी , प्राडो पजेरो काण्डहरू , जम्बो मन्त्रीपरिषद् गठन हुन पुग्यो । संसद विघटन गरी राजा ज्ञानेन्द्रको स्वार्थमा प्रधानमन्त्री नियुक्त भएर उनले गल्ति गरे ।उनको पालामा उद्योग कलकारखाना कौडीको भाउमा बेचीयो । नातावाद कृपावादमा विश्वास गरी संस्थापन इतरका साथीहरूलाई अवसरबाट बन्चित गरी पेलेर जाए । जसले गर्दा देउवाले गरेका राम्रा काम पनी ओझेलमा परेका छन् ।

हामीले यसै विषयमा सातौँ प्रश्न विगतमा गरेको कार्यसम्पादनका आधारमा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई तपाईं कति अङ्क दिनुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ८.९९ प्रतिशतले > ९० (ए), ५.८२ प्रतिशतले ८०-९० (वी), ४.७६ प्रतिशतले ७०-८० (सि), १०.०५ प्रतिशतले ६०-७० (डि) र ७०.३७ प्रतिशतले < ६० (एफ) अङ्क दिनुहुन्छ भनि अभिमत दिनुभएको थियो।

नेपाली कांग्रेसको (प्रजातान्त्रिक) गठन

पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेसको (प्रजातान्त्रिक)को गठन गरेका थिए भने नेपाली कांग्रेसको विभाजन पछि उनी नेपाली कांग्रेसको (प्रजातान्त्रिक)को सभापति थिए । वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए।काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुरले आफ्नो शासन कालमा गरेका कामहरू :

बहुदलपछिका ५ पटक सरकारको नेतृत्व गरेका देउवाका सम्झनलायक कामहरूभन्दा बिर्सन लायक कामहरु नै बढी छन् । उनले आफ्ना कार्यकालमा जनताको हितमा गरेका कामहरूलाई केही खराब कामहरूले ओझेलमा पारिदिएका छन्।

०५२ भदौमा पहिलो पटक देउवा प्रधामन्त्री भएको केही महिनामै माओवादीले 'जनयुद्ध' सुरु गरे । जनयुद्ध सुरु गर्नुअघि माओवादीले प्रधानमन्त्री देउवालाई ४० बुँदे मागपत्र बुझाएका थिए । उनले आफ्नो तर्फबाट इमानदारीका साथ पहल गर्नुपर्थ्यो। तर उनले बेवास्ता गरिदिए । सामान्य तबरले फैलिएको माओवादी कालान्तरमा मुलुककै सबैभन्दा जटिल समस्या भइदियो ।

देउवाको पहिलो कार्यकालमै महाकाली सन्धि भयो। त्यो सन्धि आजसम्म विवादित छ । सन्धिमा सहयोग गरेकोमा एमाले समेत विवादमा पर्‍यो । प्राडो पजेरो काण्डहरू यही बेला चलेको थियो । आम मानिसमा संसदीय व्यवस्थाप्रति वितृष्णा बढ्नुमा देउवाको कार्यशैलीको पनि भूमिका छ।

पहिलो कार्यकालमै देउवाले जम्बो मन्त्रिपरिषद् बनाएर बदनामी कमाए । मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री गरी उनको क्याबिनेटमा ४८ जना मन्त्रीहरू थिए । बाबुराम भट्टराईले देउवालाई उछिनेका थिए । तर पछिल्लो कार्यकालमा केही समय मन्त्रिपरिषद्को आकार ६४ सदस्यसम्म पुर्‍याए।

दोस्रोपटक उनी ०५८ साउनमा प्रधानमन्त्री भए । सो कार्यकालमा पनि उनले केही उल्लेखनीय कामहरू गरेका थिए । तर, उनले जब संसद विघटन गरे, उनका बाँकी सबै काम छायाँमा परे । देउवाको संसद विघटन गर्ने कदमले मुलुक करिब ४ वर्ष जनप्रतिनिधिविहिन भयो । र, त्यसलाई फर्काउन जनआन्दोलन गर्नुपर्‍यो ।

तेस्रो पटक उनी ०६१ जेठमा प्रधामन्त्री भए । ज्ञानेन्द्रको स्वार्थमा देउवा फस्न पुगेका थिए । 'गोर्खाली राजाको न्याय' भन्दै उनी संसदबिनाको प्रधानमन्त्री बन्न तयार हुनु कुनै पनि प्रजातान्त्रिक व्यक्तिको लागि शोभनीय थिएन ।

देउवाले चौथो पटक पनि एउटा बदनाम सरकारकै नेतृत्व गरे । उनले कुनै प्रजातान्त्रिक मूल्यमान्यतामा सरकार सञ्चालन गर्न सकेनन्। गठन भएदेखि नै खासै उत्साहपूर्ण काम गर्न नसकेका उनले चुनावपछि काम चलाउ सरकारको मर्म विपरितका निर्णय र नियुक्तिहरू गरेर बदनामी नै बटुलिरहेका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटन असंवैधानिक ठहराउँदै संसद पुन : स्थापना गरी दियो र माओवादीसहित पाँच दलको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री २०७८ असार २८ भए ।

पूर्व प्रधानमन्त्री देउवाले सरकारमा सहभागी नेकपा (माओवादी ), नेकपा (एस) लगायत सरकारमा सहभागी पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्दै वैशाख ३०,२०७९ मा स्थानीय निर्वाचन र मंसिर ४,२०७९ मा प्रतिनिधि सभा/ प्रदेश सभाको आम निर्वाचन सम्पन्न गराए ।

यसरी पटकपटक सत्तामा पुगेका देउवा त्यसमा टिकिराख्न अवाञ्छित र अस्वाभाविक सम्झौता गर्दै गए ।


308 Views

Comments