काठमाडौँ, जेठ १३: पूर्णसरकारी स्वामित्वमा रहेका दुई सिमेन्ट उद्योग चल्दाचल्दै फेरि बन्द भएका छन् । ६ महिना बन्द भएर एक महिनाअघि सञ्चालनमा आएका हेटौंडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेड फेरि बन्द भएका हुन् । हेटौंडा सिमेन्ट उद्योग ४८ वर्षअघि र उदयपुर सिमेन्ट उद्योग ३७ वर्षअघि स्थापना भएका थिए । यी दुई सिमेन्ट उद्योगलाई १५ वैशाख २०८२ को मन्त्रिपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि दुवै उद्योग पूर्णरूपमा बन्द भएका छन् । बिग्रिएका उपकरण मर्मत र कोइला अभाव उद्योग बन्द हुनुको कारण देखाइएको छ । तर, सरकारले उद्योग निजीकरण गर्ने निर्णय नै गरिसकेकाले चल्दाचल्दैका उद्योग बन्द गरिएको स्रोतहरूको भनाइ छ ।
Comments