‘ऊनको स्विटर’लाई ‘सुपरहिट’को मान्यता

Bhugolpark

१३ जेष्ठ, २०८२,१२:१९

काठमाडौँ, जेठ १३: मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘ऊनको स्विटर’लाई ‘सुपरहिट’को मान्यता छ । सोमबार बेलुका आफ्नो वेबसाइटमार्फत यो चेनले फिल्मलाई यस्तो ट्याग दिएको हो । क्यूएफएक्सले ‘सुपरहिट’ मान्यता दिनुको अर्थ, यो फिल्मले चेनअन्तर्गतका देशब्यापी हलमा पहिलो साता १ करोड ५० लाख रुपैयाँ ग्रसको कमाइ गरेको छ भन्ने हो । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यो फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले जनाइन् ।


54 Views

Comments