अक्षय कुमारको ‘हाउसफुल ५’ प्रदर्शनको तयारीमा, कमेडी फिल्ममध्ये सबैभन्दा महँगो

Bhugolpark

२२ जेष्ठ, २०८२,१६:४४

बलिउड अभिनेता अक्षय कुमारको मेगा मल्टिस्टारर फिल्म ‘हाउसफुल ५’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । भारतमा यो फिल्म कमल हासनको ‘ठग लाइफ’सँग भिड्नेछ । नेपालमा पनि यो कमेडी फिल्म प्रदर्शन तयारीमा छ । विशेष गरी हिन्दी दर्शकमाझ यो फिल्मको क्रेज धेरै छ । तर के यी सबै फिल्मको बम्पर ओपनिङको संकेत हुन् ?

तरुण मनसुखानी निर्देशित ‘हाउसफुल ५’का लेखक तथा निर्माता साजिद नाडियावाला हुन् । २२५ करोड भारुको निर्माण लागत र प्रचारसहित लगभग ३७५ करोड भारुको बजेटले यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो कमेडी फिल्म बनाएको छ । गत आइतबार, जुन १ को साँझदेखि नै ’हाउसफुल ५’ को अग्रिम बुकिङ भइरहेको छ र बिहीबार बिहान ९ बजेसम्ममा १ लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ ।


28 Views

Comments