उपभोक्ता अदालतले चाबहिलको ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश गरेको छ । उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा, सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपचारमा भएको लापरवाहीको मुद्दामा डाक्टरहरुलाई ६ लाख १० हजार रुपैयाँ तिराउन आदेश गरेको हो । उपभोक्ता अदालतले लापरवाहीबाट भएको कुल क्षतिको ८० प्रतिशत अस्पतालबाट अनि २० प्रतिशत चिकित्सकबाट तिराउनुपर्ने आदेश गरेको अदालतका स्रेस्तेदार शोभाकर खरेलले बताए । बाबुको उपचारमा लापरवाही भएको भन्दै बसन्त गौतमले ओम अस्पताल विरुद्ध मुद्दा दायर गरेका थिए ।
Comments