मदिरा तस्करी मुठभेडमा युवकको मृत्यु घटनाबारे आयोगले थाल्यो अनुसन्धान

Bhugolpark

२३ श्रावण, २०८२,१४:२९

२३ साउन, काठमाडौं । सप्तरीमा मदिरा नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।


आयोगको मधेश प्रदेश कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सप्तरीको राजगढमा भएको घटनाबारे अनुसन्धान सुरु भएको जनाएको हो ।

राजगढ गाउँपालिका-२ स्थित कमलपुरमा २० साउन राति भारततर्फ हुन लागेको मदिरा तस्करी नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाएको गोली लागेर स्थानीय लालुप्रसाद यादवको मृत्यु भएको थियो ।


यो पनि पढ्नुहोस

मदिरा तस्करी मुठभेड : छानबिन समिति बन्ने, इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइने

मृतकका आफन्त र स्थानीयले घटनाबारे आपत्ति जनाउँदै मृतकको बाँच्न पाउने मानव अधिकार उल्लंघन भएको भनी विरोध भएकोले उक्त घटना सन्दर्भमा आयोगले अनुसन्धान सुरु गरेको हो ।


104 Views

Comments