चाबहिलको 'Chef Kitchen': १३ वर्षदेखि मानवीय सेवा र स्वादको संगम

Bhugolpark

२० असार, २०८२,१७:२१

काठमाडौंको चाबहिल क्षेत्रमा रहेको Chef Kitchen विगत १३ वर्षदेखि आफ्नो स्वादिलो सेवा र मानवीय दृष्टिकोणका कारण चर्चित बन्दै आएको छ। यो रेस्टुरेन्ट बिहान ३ बजेसम्म खुला रहने भएकाले, जुनसुकै समयमा पनि यहाँ पुगेर खाना खान सकिने सुविधा छ। साथै, यहाँले अनलाइन र अफलाइन दुवै सेवा प्रदान गर्दै आएको छ, जसले ग्राहकलाई सजिलो बनाएको छ।

Chef Kitchen का सञ्चालकले “खाना मात्र होइन, मानवीय सेवा पनि” भन्ने सोच राखेका छन्। यही कारणले, गाउँबाट रोजगारीको खोजीमा आएका १५ जना कर्मचारीलाई आफ्नो भान्सामा रोजगारी दिएका छन्। उनीहरूलाई राम्रो तलब र सुविधासहित काम गर्ने वातावरण प्रदान गरिएको छ। यही सहकार्य र परिवारजस्तो सम्बन्धका कारण, यहाँका कर्मचारीहरूले परिवारको माया र सद्भाव लिएर ग्राहकलाई सेवा गर्छन्।

Chef Kitchen मा पाइने झन्डै ६ सय भन्दा बढी परिकारहरूले कुनै पनि ग्राहकको मन जित्ने क्षमता राख्छन्। नेपाली, भारतीय, चाइनिज, कन्टिनेन्टलदेखि फ्युजन परिकारसम्मका स्वाद यहाँ एकै ठाउँमा उपलब्ध छन्। त्यसैले, तपाईं चाबहिल वरपर हुनुहुन्छ भने, एक पटक Chef Kitchen मा पुगेर त्यहाँको घरजस्तो वातावरण र स्वादको अनुभव लिन हामी तपाईंलाई प्रोत्साहित गर्छौं।

मानवता र स्वादको यस्तो संगम तपाईंले कमै भेट्नुहुनेछ। Chef Kitchen ले साँच्चिकै “सेवा नै धर्म” भन्ने सन्देश दिन सफल भएको देखिन्छ।


264 Views

Comments