१० वर्षमा १० पटक फेरिएको प्रधानमन्त्री

Bhugolpark

४ आश्विन, २०८२,१७:०९

विगत १० वर्षमा नेपालमा प्रधानमन्त्री पद कसरी पटक–पटक परिवर्तन भएको छ भन्ने तथ्याङ्क प्रस्तुत गरिएको छ।

सन् २०१४ देखि २०२४ (२०७०/१०/२८ – २०८२/५/२७) सम्मको अवधिमा नेपालले १० पटक प्रधानमन्त्री फेरिएको देखाइएको छ।

मुख्य तथ्यहरू:

केपी शर्मा ओली ४ पटक प्रधानमन्त्री बनेका छन्।

शेरबहादुर देउवा २ पटक प्रधानमन्त्री बने।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि २ पटक प्रधानमन्त्री बने।

बारम्बार नेतृत्व परिवर्तनले राजनीतिक स्थायित्वमा गम्भीर प्रश्न उठाएको सन्देश इन्फोग्राफिकमार्फत प्रस्ट भएको छ, नेतृत्वको कुर्सी छिट्टै बदलिँदा देशले आवश्यक स्थिरता हासिल गर्न सकेन।

अब नयाँ नेपालकी पहिलो महिला अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीबाट देशको भविष्य उज्ज्वल हुने र जनताले सुख–समृद्धि पाउने अपेक्षा सबैमा जागेको छ।


77 Views

Comments