आज काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थीको वारेमा आज थुनछेक बहस सुरु भएको छ। काठमाडौँ..." />
जिल्ला अदालतमा थुनछेक बहस सुरु, अर्को साताको बुधबार आदेश आउने

Bhugolpark

१५ बैशाख, २०८१,१३:२५

आज काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थीको वारेमा आज थुनछेक बहस सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो । 


इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिन र प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तयार गरेका छन् । 


थुनछेक बहस सकेर अर्को साताको बुधबार आदेश सुनाउने न्यायाधीश न्यौपानेले इजलासमा बताएका छन् ।

आज अदालतमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको हो । 



हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु भएको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः आदेश आउनेछ । 



394 Views

Comments